मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

विकासको नयाँँ प्रतिभा | प्रेम परियारपछि संयोग योगी

फिल्मीखबर, काठमाण्डौ, 2014/08/29
बर्ष २०७० सालको अन्त्यमा रिलिज भएको ब्ल्कबस्टर फिल्म 'नाईं नभन्नू ल २'बाट बाल गायक प्रेम परियार रातारात हिट बने । बर्षभरि देश विदेश उनकै चर्चा भयो । प्रेमकै गीतका कारण फिल्म पनि हिट बन्न मद्धत पुग्यो । 
 
 
पहिलो फिल्मबाटै प्रेमलाई स्टार बनाईदिएका निर्देशक बिकास आचार्यले पुन: अर्को नयाँँ प्रतिभालाई चिनाउँदै छन् । चिरपरिचित गायक शिशिर योगीका छोरा संयोग योगीले निर्माणाधिन फिल्म 'नाईं नभन्नू ल ३'का लागि गीत गाएका छन् । 
 
बाल प्रेमकै कथा बोकेको 'नाईं नभन्नू ल ३'का लागि संयोगले बाल गीत रेकर्ड गराएका छन् । रेकर्डिङका बेला संयोगको स्वरले आफूलाई मन्त्रमुग्ध बनाएको निर्देशक आचार्यले बताए । विकासले संयोगलाई विलक्षण प्रतिभाका धनि भनेका छन् । 
 
यसअघि 'छड्के' फिल्ममा गीत गाएपनि मिडियामा नआएका संयोगले 'नाईं नभन्नू ल ३'मा गीत गाउन पाउँदा खुसी लागेको बताए । संयोगले रेकर्ड गरेको गीतका संगीतकार बसन्त सापकोटा हुन् भने फिल्मलाई मुस्कान ढकालले निर्देशन गर्दैछन् । 
 
बिकास आचार्यको निर्माण रहने 'नाईं नभन्नू ल ३'को सुटिङ दसैंं सकिए लगत्तै हुने बताईएको छ । फिल्ममा 'नाईं नभन्नू ल २'का मुख्य पात्र अनुभव रेग्मी र सुरज सिंह ठकुरी फाईनल भएका छन् भने नयाँँ अभिनेत्रीको खोजी भईरहेको छ ।