Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17479 - 17484 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-07-20, आईतवार

पहिलो फिल्म ‘लज्जा’ मा शिर्ष रोल लिएर ‘ईन्ट्री’ गरेकी शिल्पाले छवि व्यानरकै दोश्रो फिल्म ‘हवल्दार सुन्तली’ मा शिर्ष रोलमै बाजी मारेकी छिन् । भाग्य चम्किने ब्यानरको रुपमा हेरिने छवि ब्यानरमा पछिल्लो पटक म्युजिक भिडियो मोडल शिल्पाको प्रवेशले चर्चासँगै चासो पाएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-07-19, शनिवार

आयोजकद्धय हरिशरण महत (हरि महतको नामले चिनिने) र राजकुमार पटेलले नेपालका विभिन्न शहरहरुमा १५ दिने साँगीतिक कार्यक्रममा प्रस्तुती गरेवापतको पैसा नदिएपछि श्रमशोषण गरेको भन्दै १४ जना पीडित कलाकारहरुले आयोजकलाई कारवाही गर्नु पर्ने माग गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-07-18, शुक्रवार

नेफ्टा अवार्डको सातौँ संस्करणका लागि आज शुक्रबार एक टोली प्रस्तावित कार्यक्रम स्थल हङकङ तर्फ उडेको छ । निर्माता सुनिल कुमार थापा सहित नेफ्टा अध्यक्ष मनोज केसी र अवार्ड कोर्डिनेटर बाबुराम दाहाल हङकङ उडेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-07-18, शुक्रवार

गत बर्ष तीजको दिनमा नै इण्डक्ल्याप गरिएको फिल्म 'यो कथा हो तिम्रो मेरो'को प्रदर्शन पनि तीजकै बेला हुँदैछ । तीजसँग फिल्मको सम्बन्ध के छ त ? यसको रहस्य निर्देशक तथा लेखक ओम प्रतिकले खोलेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-07-18, शुक्रवार

निर्देशक समाजको बार्षिक साधारण सभामा भाँडभैलो मात्रै भएन । विरोधी र बचाउ पक्षबिचको वादविवादले रमिता पनि भयो । अध्यक्ष दिनेश डिसीले कार्यक्रममा सहभागी हुन आएका केहीलाई तपाईं किन यहाँ ? भन्दा स्थिति झन्दै मुठभेट तर्फ गएन ।

फिल्मीखबर, काठमाण्डौ, 2014-07-18, शुक्रवार

बिरोध, चर्काचर्की र विवादपछि झण्डै हात हालाहालको स्थितिमा पुगेको चलचित्र निर्देशक समाजको साधारण सभा सरेको छ । निर्देशक समाजको १० औं साधारण सभा आउँदो भदौ १० गतेलाई तोकिएको छ । साधारण सभा सार्नुको कारणलाई संस्थापन पक्षले सदस्यहरुको कोरम नपुगेको भन्ने देखाएको छ ।

Results : 17479 - 17484 of 24017