Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हेटौंडामा चलचित्र पत्रकारको तीन दिने कार्यशाला सुरु

फिल्मीखबर, हेटौंडा, 2014/09/12

तीन दिने चलचित्र पत्रकारिता कार्यशाला हेटौंडामा सुरु भएको छ । भदौ २७ गतेदेखि भदौ २९ गतेसम्म सञ्चालन हुने कार्यशालाको चलचित्र संघको संस्थापक अध्यक्ष भरत शाक्य, वर्तमान अध्यक्ष शान्तिप्रिय, मकवानपुर शाखा अध्यक्ष रामशरण दुलाल र चितवन शाखा अध्यक्ष रवि अधिकारीले दिप प्रज्जवलन गर्दै संयुक्त रुपमा औपचारिक उद्घाटन गरे ।

संस्थापक र वर्तमान अध्यक्ष क्रमशः शाक्य र प्रियले हेटौंडाको चलचित्र पत्रकारिता कार्यशालाले सहभागी पत्रकारको क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने आशा व्यक्त गरे । लेखक, निर्देशक एवं कलाकार मोहन निर्रौलाले यस कार्यशालाले फिल्मकर्मी र पत्रकारको सम्बन्धलाई बजबुद पार्दै  चलचित्र पत्रकारिता थप फस्टाउँने विश्वास व्यक्त गरे । कार्यशालामा काठमाण्डू, हेटौंडा, पोखरा र चितवनका करिब चालिस जना पत्रकार सहभागी छन् ।

कार्यशालाको पहिलो दिनमा वरिष्ठ चलचित्र पत्रकार विजयरत्न तुलाधरले 'चलचित्र पत्रकारिता इतिहासदेखि वर्तमानसम्म' को कार्यपत्र प्रस्तुत गरे । वरिष्ठ फिल्मकर्मी मोहन निर्रौला र चलचित्र पत्रकार राजेश खनालले 'चलचित्र आलेख' सम्बन्धी कार्यपत्र प्रस्तुत गरे भने संस्थापक अध्यक्ष भरत शाक्यले 'विधुत्तिय सञ्चार माध्यममा चलचित्र पत्रकारिता' विषयमा कार्यपत्र प्रस्तुत गरे ।

 

भोली पत्रकार डब्बु क्षेत्रीले चलचित्र पत्रकारिता र आचार संहिताको बारेमा प्रशिक्षण दिने छन् भने एनिमेटर कपिल पराजुलीले डिजिटल क्यामेरादेखि पर्दासम्म बिषयमा प्रशिक्षण दिनेछन् । कार्यशाला आईतवार बिहान समापन हुनेछ ।

Most Visited News (monthly)