
भाद्र ६ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘ताण्डव’को गीत सार्वजनिक गरिएको छ । सुजेन्द्र डी कार्कीको संगीतमा रामचन्द्र काफ्लेले गाएको उक्त गीतमा अभिनेता तथा निर्देशक अनुप बराललाई फिचर गरिएको छ ।

'नेपाली तारा' यस्तो नाम हो जसले नेपाली साँगितिक फाँटमा गतिलो छाप मात्र हैन संगीत क्षेत्रलाई ठूलो गुन पनि लगाएको छ । यसैबाट उत्पादन भएका गायक गायिकाहरू अहिले संगीतको क्षेत्रमा चम्किरहेका छन् ।

अभिनय गरेका दुई वटा फिल्महरु एउटै मितिमा प्रदर्शन हुने भएपछि अभिनेत्री नम्रता श्रेष्ठ भागबन्डामा परेकी छिन् । नम्रताले भदौ ६ गते एकसाथ प्रदर्शन हुने फिल्महरु ‘ताण्डव’ वा ‘सम्बोधन’ लाई प्रचार प्रसारमा एकलौटी साथ दिने पाउने छैनन् । दुवै फिल्मको प्रचार प्रसारमा नम्रताले आधा-आधा समय दिनु पर्नेछ ।

साउनको सोमबारे ब्रत अनि हिन्दु नारी परिपूर जस्तै मानिन्छन् । धर्म कर्ममा त्यति विश्वास नगर्नेले पनि शहरमा चलेको हरियो चुरा अनि मेहन्दीलाई फेशनकै रुपमा पछ्याको पाइन्छ । धेरै जसो हाम्रा हिन्दु महिला सेलिव्रेटीले पनि साउनको सोमबारे ब्रत, हरियो चुरा अनि मेहन्दीलाई प्रयोग गरेको पाइन्छ ।

भदौ १३ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘उत्सव’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको ट्रेलर पनि यसै साता सार्वजनिक हुँदैछ ।

‘किस्मत’ डेव्यु अभिनेता आर्यन सिग्देललाई अभिनय र भूमिकामा विविधता भएन भन्ने आरोप छ । अभिनय गरेका अधिकांश फिल्ममा आर्यन ‘लवर व्वायय’ को भूमिकामा प्रस्तुत छन् ।

