केहि समय अगाडी भारतमा वितरण र प्रदर्शन अधिकारको जिम्मा दिईएको भनिएको फिल्म ‘रेशम फिलिली’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । यसअघि 'भिसा गर्ल' बनाएका विनय श्रेष्ठले नै यो फिल्म निर्माण गरेका हुन् ।

हाँस्य विधाको ‘रेशम फिलिली’ बेलायत र अमेरिकामा बिक्री भइसकेको बताईएको छ । नयाँ वर्षको छेकोमा रिलिज हुने प्रणव जोशी निर्देशित फिल्ममा विनयको साथमा मेनुका प्रधान, कामेश्वर चौरासियाको मुख्य अभिनय छ ।

