Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हेटौंडामा पत्रकारले के सिके ?

फिल्मीखबर, हेटौंडा, 2014/09/14
चलचित्र पत्रकार संघले हेटौंडामा आयोजना गरेको तीन दिने चलचित्र पत्रकारिता कार्यशाला समापन भएको छ । भदौ २७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको कार्यशालामा काठमाण्डौ, हेटौंडा, पोखरा र चितवनका करिब चालिस जना पत्रकार सहभागी थिए । 
 
 
चलचित्र पत्रकारको हेटौंडा शाखाको संयोजकत्वमा सम्पन्न कार्यशालामा संघका संस्थापक अध्यक्ष भरत शाक्य कार्यशालाले सहभागी पत्रकारको क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने धारणा राखे । यस्तै संघका अध्यक्ष शान्तिप्रियले तीन दिने कार्यशाला फिल्म पत्रकारका लागि उपलब्धिमूलक रहेको बताए ।  यता सहभागी पत्रकारले कार्यशालाबाट धेरै कुरा सिक्न पाएको बताए ।
 
कार्यशालाको पहिलो दिनमा वरिष्ठ चलचित्र पत्रकार विजयरत्न तुलाधरले 'चलचित्र पत्रकारिता इतिहासदेखि वर्तमानसम्म' को कार्यपत्र प्रस्तुत गरेका थिए । वरिष्ठ फिल्मकर्मी मोहन निर्रौला र चलचित्र पत्रकार राजेश खनालले 'चलचित्र आलेख' सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए भने संस्थापक अध्यक्ष भरत शाक्यले 'विधुत्तिय सञ्चार माध्यममा चलचित्र पत्रकारिता' विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
 
यस्तै पत्रकार डब्बु क्षेत्रीले चलचित्र पत्रकारिता र आचार संहिताको बारेमा प्रशिक्षण दिए भने अर्का पत्रकार कृष्ण भट्टराईले भाषाको बारेमा प्रशिक्षण दिएका थिए । एनिमेटर कपिल पराजुलीले डिजिटल क्यामेरादेखि पर्दासम्म बिषयमा प्रशिक्षण दिएका थिए । 
 
यता हेटौंडा शाखाको तर्फबाट संघका सचिव मणिराज गौतमले फिल्म क्षेत्रमा मकवानपुरले दिएको योगदानको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए भने जिल्ला पर्यटन बिकास समिति मकवानपुरका सदस्य सचिव रामकृष्ण थापाले मकवानपुर फिल्म सुटिङका लागि प्राकृतिक स्टेडिएमा भएको बताउँदै एक कार्यपत्र प्रस्तुत गरेका थिए ।  
Most Visited News (monthly)