मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.20/5.00)
Text size:-
+
-

दीपाश्री भन्छिन्, `दीपकले सबै दिएको छ`

फिल्मीखबर, काठमाण्डौ, 2014/09/12

कलाकार दीपाश्री निरौलाले आफू एक व्यक्तिको प्रेममा रहेको बताएकी छिन् । दीपाका अनुसार उनी जस्को प्रेममा छिन् उसलाई निक्कै माया गर्छिन् । प्रेममा रहेपनि बिहेका बारेमा भने सहमती जुटिनसकेको उनको भनाइ छ ।

पहिलो प्रेम ९ बर्ष गरेर पनि दीपाले आफ्नो बिहे हुन नसकेको जनाइन् । कलाकार दीपकराज गिरीलाई नभेटेको भए जीवनमा आफ्नो तनाव सधै रहिरहने उनको भनाई छ । दीपाका अनुसार दीपकले उनलाई जीवनका हरेक खुसी दिएका छन् । सिउदोमा लगाइने सिंदूर मात्र सबै कुरा नभएको  उनको तर्क छ ।

आफ्नो कारणले घरमा लफडा हुने कुरामा समेत उनी सजग छिन् । तर पनि दीपा आफ्नो जीवनमा बिहे कहिले हुन्छ भनेर भन्न सक्दिनन् । 'सायद मेरो जीवनमा बिहे नलेखेर प्रेम मात्र होला', दीपा भन्छिन् ।

 

एसएलसी दिने बेला प्रेममा चुर्लुम्म डुबेकी दीपाले अहिले पनि रगतले कोरिएका प्रेमपत्र आईरहने बताईन् ।