Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पोखरामा `निशानी`

रेम बिक, पोखरा, 2014/09/14
नेपाली फिल्म ‘निशानी’ले पोखरामा दर्शकको राम्रो साथ पाएको छ । शनिबारको तीन वटै शो हाउसफुल रहेकोमा पोखरेली दर्शकले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । पोखरेली दर्शकसंगै फिल्म हेर्न हलमा पुगेकी नायिका अनु गुरुङलाई शनिबार दर्शकहरुको प्रतिक्रिया लिन भ्याईनभ्याई थियो । र, साथमा थिए फिल्मका अर्का कलाकार सुरज रानाभाट । 
 
अनु र सुरज दुवै पोखराकै हुन् । त्यसैले पनि पोखरेली दर्शकको प्रतिक्रिया उनीहरुको लागि विशेष थियो । ‘आफूले पहिलो पटक अभिनय गरेको फिल्म आफ्नै घरपरिवार, आफन्त र साथीभाईसंगै बसेर हेरौँ भनेर म पोखरा आएकी हुँ’, काठमाण्डौ बस्दै आएकी नायिका अनु गुरुङले भनिन्–‘पोखरेली दर्शकले म र मेरो फिल्मप्रति देखाएको सद्भावप्रति म निकै आभारी छु ।’ उता नायक सुरज रानाभाट पनि फिल्मको प्रतिक्रियाले निकै मख्ख देखिएका थिए । 
 
हल संचालकका अनुसार पोखरामा निशानीले राम्रो कलेक्सन गरिरहेको छ । शुक्रबार र शनिबार निशानी हेर्ने दर्शकहरुको भीड निकै बाक्लो रहेको हल संचालकले बताए । लाहुरे सँस्कृतिमा आधारित लभस्टोरी बेस्ड फिल्म निशानीमा प्रशान्त तामाङ मुख्य अभिनेता हुन् । उनीसंगै अनु गुरुङ, सुरज रानाभाट, विष्णु चेम्जोङ, प्रेम सुब्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ । 
 
प्रेम सुब्बाले निर्माण गरेको फिल्मलाई विनोद सेरेङले निर्देशन गरेका हुन् । फिल्ममा प्रचारप्रसारसहित करिब ८० लाख रुपैँया खर्च भएको निर्माणपक्षले जानकारी दिएको छ । भारतमा समेत सेन्सर पास भएको फिल्म 'निशानी' नेपालसहित भारतका हलहरुमा समेत प्रदर्शन हुने निर्माणपक्षले जनाएको छ । 
Most Visited News (monthly)