साहित्यकार डायमनशमशेर राणाको ऐतिहासिक उपन्यास 'सेतो बाघ'माथि निर्मित फिल्मको फष्टलुक पोष्टर सार्वजनिक भएको छ । नीर शाहद्धारा निर्देशित 'सेतो बाघ' यहि यहि बर्ष प्रर्दशनमा आउने सम्भावना छ । सार्वजनिक मिति भने घोषणा गरिएको छैन ।
.jpg)

जंगबहादुर राणाको अन्तिम तीस दिनको कहानी रहेको 'सेतो बाघ'मा बिएस राणा प्रमुख भूमिकामा छन् । शाहका अनुसार ‘सेतो बाघ’मा ऐतिहासिक विषयवस्तु, प्रेम र दुश्मनीका कहानी, र सत्ताको लागि राणाभाइहरूबीच भएको षड्यन्त्रको कथा छन् । नीर सिनेमा र महाशक्ति मल्टी मिडियाले निर्माण गरेको ‘सेतो बाघ’लाई संजय लामाले खिच्रेका हुन् ।

