Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17455 - 17460 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-07-24, बिहिवार

निर्माता शेखर कोइरालाले ‘उत्सव’ नयाँ स्वाद र दर्शकको रोजाइको फिल्म रहेको बताएका छन् । ८ वर्षपछि फिल्म निर्माणमा फर्किएका निर्माता कोइरालाले ‘उत्सव’को पहिलो ट्रेलर सार्वजनिक कार्यक्रममा भने, ‘मिहेनत गरेर नयाँ प्रस्तुती ल्याएको छु । युवा पुस्ताले ‘उत्सव’ लाई मन पराउने आशा छ ।’

फिल्मीखबर, काठमाण्डौ, 2014-07-24, बिहिवार

लामो समय पछि रञ्जित राना फिल्म निर्देशनमा फर्किएका छन् । शेखर कोइरालाले लगानी गर्ने एक फिल्मलाई रञ्जितले निर्देशन गर्ने पक्का भएको छ । फिल्म निर्माण गर्ने औपचारिक घोषणा गरिएपनि फिल्म बारे थप जानकारी भने गराइएको छैन । 

फिल्मीखबर, काठमाण्डौ, 2014-07-24, बिहिवार

स्व. निर्देशक शिव रेग्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेसँगै गत जेठ २६ गते सम्पन्न भएको मिन्स्क अनलाइन फिल्मीखबर अवार्ड २०७१ को दोश्रो संस्करणमा विभिन्न १७ विधामा पपुलर फिल्म र फिल्मकर्मीलाई ट्रफी तथा प्रमाण पत्र वितरण गरिएको थियो । वर्ष ०७० सालमा प्रदर्शन भएका फिल्म, फिल्मको व्यापार, चर्चा, प्रस्तुतीकरण अनि प्रतिक्रियालाई आधार बनाएर मनोनयन सार्वजनिक गरिएको हो । 

फिल्मीखबर, काठमाण्डौ, 2014-07-23, बुधवार

हनिमुन मनाउन हिंडेको श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्काको जोडी निर्धारित समयमा नेपाल नआएपछि फिल्म ‘कोहिनूर’ को प्रदर्शन मितिलाई लिएर विभिन्न अड्कल बाजी सुरु हुन थालेका छन् । फिल्मको लगानीकर्ता अनि मुख्य हिरो र हिरोइन नै नेपाल नभएपछि ‘कोहिनूर’ को प्रदर्शन मिति सर्ने धेरैको अड्कल छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-07-23, बुधवार

नेपाली फिल्म क्षेत्रमा राते काइँला उपनामले चिनिने कलाकार सुनिल थापाले बलिउड फिल्म ‘मेरी कोम’मा अभिनय गरेका छन् । अभिनेत्री प्रियंका चोपडाको शिर्ष भूमिकामा प्रस्तुत भएको यो फिल्मको ट्रेलर सार्वजनिक भएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2014-07-23, बुधवार

अमेरिकी दुतावासले आफ्नो देशको भिसामा नेपाली कलाकारलाई कडाई गरिरहेको छ । पछिल्लो समय त नेपाली कलाकरलाई अमेरिकाले भिसा दिएको छैन भन्दा पनि हुन्छ । विभिन्न कार्यक्रममा लागि अमेरिका प्रवेशको आवेदन दिएका नेपाली कलाकारको लगातार ‘रिजेक्ट’ हुने क्रम बढ्दो छ ।

Results : 17455 - 17460 of 24017