मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दरबारमार्गमा छल्कियो पूजनाको जवानी (फोटोफिचर सहित)

फिल्मीखबर, काठमाण्डौ, 2014/09/21

छमछम पानी परिरहे पनि अभिनेत्री पूजना स्त्री दरबारमार्गमा छमछमी नाच्दै थिइन् । कहिले उनी सडक बालबालिकासँग नृत्य गर्दै हुन्थिन् त कहिले एक्लै ।

 



दरबारमार्गमा करिब ३ घन्टा पानी परिरहँदा यात्रुहरु ओत लाउने बाटो खोजिरहेका थिए । तर पूजनालाई भने सडक खाली हुँदै जाँदा झनै सजिलो भयो । फाटेको पहिरनमा पूजनाको जवानी दरबारमार्गमा यसरी छल्कियो कि हेर्नेहरू पनि आँखा झिम्म गर्न मानिरहेका थिएनन् ।

कतिले बुझे कतिले बुझेनन् । बुझ्ने ले बुझे, यहाँँ सुटिङ रै'छ । नबुझ्नेले सोचे होलान् यो पागल भईछ । प्रसंग हो, निर्मल शर्माले निर्देशन गरिरहेको फिल्म 'चकलेट'को ।

 


'चकलेट'को एक गीतमा पूजनाको यस्तो मस्ती देखिएको हो । सुरुमा ट्याङ्करको पानी झारेर पूजनालाई भिजाइएको थियो । तर, पछि मौसमले नै साथ दिएपछि निर्माणपक्षलाई खोजेजस्तै भयो ।

सडक बालबालिकाको कथामा तयार भएको फिल्म 'चकलेट' पूजनाकै प्रस्तुतीमा तयार भैरहेको छ । खुशी गुरुङ, प्रितीमाया गुरुङ र केशव तामाङले संयुक्त रूपमा निर्माण गरेको फिल्ममा पूजनाका अलवा आयुष्मान घिमिरे, नम्रता झा, अनुज शाक्य, सुमन गैरे, सुनिता ठाकुर लगायतका कलाकारको अभिनय छ । 'चक्लेट'मा सुदीप बरालको छायांकन छ ।