मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(39 votes, avg 5.00/5.00)
Text size:-
+
-

माल्भिका सुब्बा निर्माता | प्रियंका, केकी र निशाको `हाउ फन्नी`

फिल्मीखबर, काठमाण्डौ, 2014/09/21
पूर्व मिस नेपाल माल्भिका सुब्बा फिल्म निर्माता बन्दै छिन् । 'गड लिभ्स इन हिमालयज' र निर्माणक्रममै अड्किएको 'गुडबाई काठमाण्डौ' फिल्ममा अभिनय गरेकी माल्भिकाले फिल्म क्षेत्रको परिवर्तनले निर्माता बनाएको बताएकी छिन् । 
 
 
 
निलु डोल्मा शेर्पाले पहिलो पटक निर्देशन गर्न लागेको कमेडी फिल्म 'हाउ फन्नी'मा माल्भिकाले लगानी गर्दैछिन् । आङ नुरु शेर्पा, छिरिङ लामु शेर्पा र निमा टासी शेर्पाको समेत लगानी रहने यो फिल्ममा प्रियंका कार्की, केकी अधिकारी र निशा अधिकारीसहित दयाहाङ राई र अनुपा विक्रम शाही मुख्य भूमिकामा हुनेछन् । टिनी बट बिग पिक्चर्स प्रालीको व्यानरमा फिल्म निर्माण हुँदैछ । 
 
एक धनाढ्य परिवारकी छोरी हराएसँगै फिल्मको कथा सुरु हुने जानकारी दिंदै निर्देशक बन्न लागेकी निलुले फिल्म पूर्ण रूपमा कमर्शियल हुने बताईन् । 'म फिल्ममा 'लार्जर देन लाईफ' होस् भन्ने चाहन्छु । त्यसैले मेरो फिल्म यही सोचका साथ अगाडी बढ्ने छ ।' उनले आफ्नो फिल्मलाई पहिलो प्रेमसँग तुलना समेत गरिन् । 
 
 
 
निर्माता बन्न लागेकी माल्भिकाले सामाजिक सन्देश बोकेको 'हाउ फन्नी'ले हाँस्य प्रधानसंगै महिला सशक्तिकरणको बिषयलाई उठाएको बताईन् । यता अभिनेत्री केकी अधिकारीले आफ्नो भूमिका जासुसको रहेको बताईन् । जासुककै रूपमा प्रस्तुत हुन लागेकी अर्की अभिनेत्री प्रियंका कार्कीले फिल्मले सस्तो हाँस्य प्रस्तुत नगर्ने बताईन् । 
 
अभिनेता अनुपा विक्रम शाहीले कमेडी फिल्ममा आफ्नो भूमिका 'सिरियस' रहेको बताए भने अर्का अभिनेता दयाहाङले रमाईलो फिल्म बन्ने विश्वास व्यक्त गरे । फिल्मको घोषणा कार्यक्रममा उपस्थित नभएकी अभिनेत्री निशा अधिकारी हराएको युवतीको भूमिकामा देखिने छिन् । 
 
मंसीर ३ गतेदेखि सुटिङ शुरू हुने बताईएको यो फिल्मको कथा तथा परिकल्पना निलुकै हो भने पटकथा तथा संवाद शान बस्न्यातको रहेको छ । यस्तै फिल्ममा सुरेश अधिकारी, शैलेस सिङ र शैलेश श्रेष्ठको संगीत तथा हरी हुमागाँइको छायांकन रहनेछ । फिल्मलाई दर्शना आर्ट्सले वितरण गर्नेछ ।