मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पोखरामा अन्तर्राष्ट्रिय म्यानहटन लघु फिल्म महोत्सव हुने

रेम बिक, पोखरा, 2014/09/22

पोखरामा ‘अन्तराष्ट्रिय म्यानहटन लघु फिल्म महोत्सव’ हुने भएको छ । पोखरा फिल्म सोसाईटीको आयोजनामा महोत्सव हुने भएको हो । सँगसंगै फिल्मसम्बन्धि कार्याशाला गोष्ठी समेत गरिने आयोजकले जानकारी दिएको छ ।

सोसाईटीका अध्यक्ष घनश्याम लामिछानेले आईतबार एउटा प्रेश विज्ञप्ती जारी गर्दै महोत्सव र गोष्ठीको बारेमा जानकारी दिएका हुन् । ‘एक विश्व, एक हप्ता, एक महोत्सव’ भन्ने नाराका साथ १७ औं म्यानहटन लघु फिल्म महोत्सव सेप्टेम्बर २६ देखि अक्टोबर ५ सम्म विश्वभरि नै हुँदैछ । ४७ वटा देशबाट ५८९ फिल्महरूले महोत्सवका लागि सहभागिता पठाएका थिए । जसबाट १० वटा फिल्मलाई अन्तिम प्रतियोगिताका लागि छनौट गरिएको छ ।

छनोट भएका १० वटा फिल्महरूलाई म्यानहटन लघु फिल्म महोत्सवमा प्रदर्शन गरी दर्शकहरूको अत्याधिक मत प्राप्त गर्ने एक फिल्मलाई विजयी बनाइने छ । विश्वभरीका ३०० भन्दा बढी शहरका फिल्म हल, संग्राहलय, पुस्तकालय, विश्वविद्यालयहरूमा यो महोत्सव हुनेछ ।

बिगत ४ बर्षदेखि नेपाल च्याप्टरका रूपमा नेपालमा पनि ‘म्यानहटन लघु फिल्म महोत्सव’ हुँदै आएको छ । काठमाडौंमा मात्र सीमित यो महोत्सवलाई अन्डरग्राउण्ड टकिजसँगको सहकार्यमा पोखरा फिल्म सोसाइटीले पोखरामा आयोजना गर्ने भएको हो ।