Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.00/5.00)
Text size:-
+
-

पल्लवीको जवानीमा `अलबिदा`

फिल्मीखबर, काठमाण्डौ, 2014/09/21

करिब एक दशकपछि कलाकार पल्लवी भट्ट फिल्म ‘अलबिदा’को आइटम गीतबाट एक्सन कटमा फर्किएकी छिन् । गहना सिरियलसहित आधा दर्जन जति फिल्म र दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी पल्लवी आठ बर्षदेखि सिंगापुरमा थिईन् । 

'अलबिदा'को आइटम गीतमा डान्स गर्ने क्रममा बालाजु ल्याबमा भेटिएकी पल्लवी निक्कै खुसी देखिएकी  थिइन् । भोजपुरी शैलीको गीतमा पल्लवीसँगै अभिनेता हसन खान पनि देखिए । अर्का अभिनेता आर्यन सिग्देल भने दुई जनाको डान्स हेरेर मख्ख थिए । उनले पल्लवीसँग भोली कम्मर मर्काउने छन् ।

ताराप्रकाश लिम्बुको संगीत तथा नरेश भट्टराईको शब्दमा मनिषा पोखरेलले गाएको आईटम नम्बरको गीतमा पल्लवीलाई रोहन नेपाली डान्सका स्टेप सिकाएका थिए । थारू भाषाको फिल्मबाट आफ्नो अभिनय यात्रा शुरू गरेकी पल्लवीले भोजपुरी गेटअपमा डान्स गर्दा रमाईलो लागेको अनुभव साटिन् । लामो समयपछि क्यामेरा अगाडी पर्दा केही नर्भस भएको उनको अनुभव छ ।  

आर्यन सिग्देल, हसन खान र अनिता आचार्यको मुख्य भूमिका रहेको लभस्टोरी फिल्म 'अलबिदा'लाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । यो गीतपछि एक्सनका दृश्यको छायांकन बाँकी रहेको लक्ष्मणको भनाई थियो । हसन खानले निर्माण गरेको यस फिल्मको छायांकन रामेश्वर कार्कीले गरिरहेका छन् ।

Most Visited News (monthly)