मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अष्ट्रेलियामा `सेतो बाघ` रेड कार्पेट प्रिमियर शो हुने

फिल्मीखबर, काठमाण्डौ, 2014/09/23
नेपाल प्रर्दशनको टुंगो नलागेको फिल्म 'सेतो बाघ'को प्रिमियर शो अष्ट्रेलियाको मेलर्वन शहरमा हुने भएको छ । आयोजक नमस्ते नेपाल न्यूज एण्ड टेलिभिजनका नेपाली युवा सविन जंग थापाले दिएको जानकारी अनुसार आउँदो नोभेम्बर ८ मा 'सेतो  बाघ'को रेडकार्पेट प्रिमियर शो मेलर्वन स्थित भिलेज सिनेमामा गरिन लागिएको हो ।  
 
पहिलो दिनको प्रिमियर शो समापनसंगै नियमित रुपमा 'सेतो बाघ'को सार्वजनिक प्रर्दशन पनि सोही हलमा गरिने आयोजकले जानकारी दिएको छ । प्रिमियरमा सहभागी हुन नेपालबाट निर्देशक नीर शाह र अर्का निर्देशक ज्ञानेन्द्र देउजा अष्ट्रेलिया पुग्ने कार्यक्रम छ । 
 
'सेतो बाघ'को अष्ट्रेलिया प्रर्वद्धन हेरेका निर्देशक देउजाले प्रिमियर शो सहित रेगुलर शोलाई सफल पार्न आफ्नो सहभागिता रहने बताएका छन् । देउजाका अनुसार अष्ट्रेलियाको शो सकिए लगत्तै अमेरिकाका विभिन्न शहरमा पनि 'सेतो बाघ'को प्रर्दशन गरिने छ ।
 
डायमन शमशेर राणाको ऐतिहासिक उपन्यासमाथि बनेको 'सेतो बाघ'मा जंगबहादुर राणाको अन्तिम ३० दिनको कथालाई प्रस्तुत गरिएको छ । सेतो बाघ'मा बिएस राणा प्रमुख भूमिकामा छन् । निर्देशक नीर शाहका अनुसार ‘सेतो बाघ’मा ऐतिहासिक विषयवस्तु, प्रेम र दुश्मनीका कहानी, र सत्ताको लागि राणाभाइहरूबीच भएको षड्यन्त्रको कथा छन् ।