मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

`अधकट्टी` नचल्दै २ फिल्मको घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2014/09/22

निर्माता प्रदिप कुमार उदयले फिल्म ‘अधकट्टी’ प्रदर्शन नहुँदै नयाँ दुई फिल्मको घोषणा गरेका छन् । जसमा 'नमस्ते नेपाल' र 'प्रोडक्शन नम्बर ३' छन् । 'प्रोडक्शन नम्बर ३' को नाम भने परिवर्तन हुन सक्ने बताइएको छ ।

आज काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा फिल्म ‘अधकट्टी’को २ गीत 'ओए ओ’ र 'फिगर कोकाकोला'  बोलको गीत सार्वजनिक गरियो । संचारकर्मी सुव्रत आचार्यको निर्देशनमा तयार भएको यो फिल्ममा विल्सन विक्रम राई, अशिष्मा नकर्मी, गौरव पहारी, रिस्ता बस्नेत र नव कलाकार प्रदिप बाँस्तोलाको मुख्य भूमिका छ । यो फिल्म फाल्गुन १ गतेबाट प्रदर्शनमा आउँदै छ ।

यस्तै, केही दिनमै बेल्जियमसँगै यूरोपका विभिन्न देशमा छायांकन हुन लागेको फिल्म ‘नमस्ते नेपाल’लाई राजु शाहले निर्देशन गर्दैछन् । प्रदिप कुमार उदय, मन्दिरा श्रेष्ठ र श्रीजु शाहको लगानी रहने यो फिल्ममा सविन श्रेष्ठ, आना(बेल्जियम), श्याम श्रेष्ठ(बेल्जियम), गोपाल ढकाल, अडि(बेल्जियम), जर्ज(बेल्जियम)को मुख्य भूमिका रहनेछ । फिल्मकी मुख्य नायिकाको चयन बेल्जियममै गरिने निर्माणपक्षले जानकारी दियो ।

दिव्य सुवेदीको छायांकन, वसन्त सापकोटा र ओम सुनारको संगीत, चन्द्र पन्तको एक्सन, राजु शाह र चरन प्रधानको नृत्य रहने फिल्मको लागत ७५ लाख रहने निर्माता प्रदिप कुमार उदयले बताए ।

 

यस्तै, फाल्गुनबाट छायांकनमा जाने अर्को एक फिल्मलाई भने ऋषि लामिछानेले निर्देशन गर्नेछन् । यो फिल्मको कलाकार र प्राबिधिकको टुंगो लगाईएर्को छैन । सुटिङ भने फाल्गुनको दोस्रो साताबाट हुने बताईएको छ ।