मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.00/5.00)
Text size:-
+
-

`भैरव`मा निखिलको दबंग रूप

फिल्मीखबर, काठमाण्डौ, 2014/09/22

अभिनेता निखिल उप्रेती अहिले आफ्नो पुरानो क्रेजलाई फर्काउन लागिपरेका छन् । सर्लाहीमा आफ्नै निर्देशनमा 'भैरव' फिल्मको छायांकन गरिरहेका निखिलले एक्सन अवतारलाई निरन्तरता दिएका छन् ।

 

बलिउडमा समेत आफ्नो चर्चा बनाइसकेका चर्चित कलाकार मुरलीधरलाई समेत निखिलको 'भैरव'मा देख्न सकिनेछ । फिल्ममा अभिनेत्री अनु शाहले निखिललाई साथ दिएकी छिन् । सर्लाहीको विभिन्न स्थानमा छायांकन भैरहेको चलचित्रमा निखिल प्रहरी अफिसरको भूमिकामा देखिएका छन् ।

अभिनेत्री अनु शाहले सर्लाहीमा गरिने फिल्मको छायांकन दसैंंको फूलपाती अगावै सकिने जानकारी गराईन् । उखरमाउलो गर्मीमा सुटिङ गर्दा केही समस्या देखिएको बताउने अनुले फिल्मको बाँकी सुटिङ काठमाण्डौमा दसैंंपछि हुने बताईन् ।

 

निखिलका लागि यो फिल्मबाट निर्देशनमा सफलता हात पार्नु त छँदै छ उनको एक्सन हिरोको स्टारडम फर्काउन पनि कसरत गर्नुपर्ने देखिन्छ । त्यसैले निखिलले दिलोज्यान दिएर काम गरेको अभिनेत्री शाहले बताईन् ।