मिति : २०८१ वैशाख २७, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`मलाई कुनै हिरोइनसँग डाहा छैन` : अशिष्मा नकर्मी

फिल्मीखबर, काठमाण्डौ, 2014/09/22

अभिनेत्री अशिष्मा नकर्मीले आफूलाई अन्य हिरोइनसँग डाहा नलाग्ने बताएकी छिन् । आफूले अभिनय गरेको फिल्म ‘अधकट्टी’को प्रेसमिटमा अशिष्माले भनिन्, 'अहिलेको पुस्ता डाह गर्ने नगरी काँधमा काँध मिलाएर हिंड्न रूचाउँछन् ।'

फिल्ममा सँगै काम गरेकी अभिनेत्री रिस्ता बस्नेत र आफ्नो कामलाई एक अर्काले प्रशंसा गरेको बताइन् । अशिष्माले भनिन्–‘मलाई मेरो काम कहिले पनि मनपर्दैन । रिस्ता मेरो नृत्य रहेको गीतलाई राम्रो भन्छिन् । म उनको मोडलिङ रहेको गीतलाई राम्रो देख्छु ।’ अशिष्माले आफ्नो कामलाई राम्रो गर्ने हो अरुको डाह नगरी अगाडी बढ्नुपर्ने बताइन् ।