मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`आगो २` युनिटको यस्तो आरोप

फिल्मीखबर, काठमाण्डौ, 2014/10/16
चलचित्र सेन्सर बोर्डका सदस्यहरुले आफूहरुप्रति पूर्वाग्रह राखेको भन्दै `आगो २` युनिटले आपत्ती जनाएको छ । राजनीतिक कारणले गर्दा फिल्म सेन्सर नभएर असोज ३१ मा चलाउन नसिकएको प्रस्तुतकर्ता किसान पोख्रेलले जानकारी दिए । 
 
निर्माता पोखरेलले अनावश्यक रुपमा सेन्सरले वाधा दिएको खण्डमा आफूहरु क्षतीपूर्ती माग्दै अदालतसम्म पुग्ने चेतावनी समेत दिए । समयमा दर्शकहरूलाई फिल्म देखाउन नसक्दा आफूहरू दु:खी भएको निर्माता पोखरेलको भनाई थियो । सेन्सर बोर्डले समय नदिएपछि 'आगो २' सेन्सर हुन सकेको छैन ।  
 
निर्देशक मदन घिमिरेले फिल्मले राजनीतिक भन्दा पनि सामाजिक कथालाई उठान गरेको बताए । कलाकार सुशिल क्षेत्रीले 'आगो' जस्तै 'आगो २'लाई पनि सेन्सरले दुख दिएको भन्दै चिन्ता व्यक्त गरे । सेन्सर पासमै लफडा भोगेको यो फिल्मको मंसिर १२ लाई नयाँ प्रदर्शन मिति तोकिएको छ ।