मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`झोले`ले बहिष्कार गर्‍यो `इन्फा अवार्ड`

फिल्मीखबर, काठमाण्डौ, 2014/10/16
आफूहरुलाई थाहा नै नदिई अवार्डको नोमिनेशनमा पारेको भन्दै `झोले` फिल्म निर्माण टिमले कात्तिक ९ गते हङकङमा आयोजना हुन लागेको इन्फा अवार्डमा सहभागी नहुने घोषणा गरेको छ । 
 
निर्माता टेकेन खड्का र निर्देशक दीपेन्द्र के. खनालले संयुक्त विज्ञप्ती जारी गर्दै आफ्नो फिल्म सहभागी भएको बिषयमा कुनै पनि जानकारी नपाएको बताएका छन् । आफ्नो सम्पतीलाई अनुमतीविना नै अवार्डमा सहभागी गराउनु खेदजन्य काम भएको भन्दै इन्फा अवार्ड आयोजकको कुरामा सत्यता नरहेको 'झोले'को निर्माणपक्षले जनाएको छ । 
 
'झोले'लाई तत्काल अवार्डबाट नहटाइएको खण्डमा कानुनी उपचार खोज्न जाने चेतावनी यसको निर्माणपक्षले दिएको हो । हिजो काठमाण्डौको हायात होटलमा आयोजना गरिएको एक कार्यक्रमविच इन्फाले २० विधामा विभिन्न फिल्म र फिल्मकर्मीको नोमिनेशन नाम सार्वजनिक गरेको थियो । जसमा फिल्म 'झोले' ४ विधामा नोमिनेशनमा परेको छ ।