मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

संगीतकार चेतन सापकोटा निर्माता बन्दै | नवल नेपालले निर्देशन गर्ने

फिल्मीखबर, काठमाण्डौ, 2014/10/17
झन्डै ६० फिल्ममा संगीत भरेका चर्चित संगीतकार, गायक तथा गीतकार चेतन सापकोटाले फिल्म निर्माण गर्ने भएका छन् । नयाँँ बर्षको शुरूवातसँगै सुटिङ गर्नेगरी चेतनले फिल्म निर्माणको घोषणा गरे । 
 
नाम तय नगरिएको फिल्मलाई रिलिज हुन लागेको फिल्म 'लज्जा'का निर्देशक नवल नेपालले निर्देशन गर्ने भएका छन् । चेतनको कथा तथा नवलको पटकथा र संवादमा बन्न लागेको साँगीतिक प्रेमकथानक फिल्मलाई बेल्जियमका एनआरएन सहदेव गौतमले लगानीमा साथ दिने भएका छन् । 
 
निर्माता छबिराज ओझालाई सल्लाहकार राखेर फिल्म निर्माण गर्न लागेको चेतनले फिल्मीखबरलाई जानकारी दिए । 'संगीत दिएको पहिलो फिल्म 'चट्टान'मा संगीतकार बनाउन छबि दाईकै हात थियो । अहिले पहिलो फिल्म निर्माण गर्न लाग्दा उहांकै सल्लाह लिएको छु', चेतनले भने ।
 
पूर्वेली र पश्चिमेली युवायुवतीको प्रेमकथामा बनाउन लागेको उक्त फिल्मको लागि पात्रहरू भने छनोट गर्न बाँकी रहेको चेतनले बताए । पछिल्लो रिलिज हुन लागेको 'लज्जा' फिल्ममा संगीत भरेका चेतनले आफ्नै फिल्ममा पनि संगीत दिनेछन् । अन्य प्राबिधिक छनोटको क्रममा रहेको उनको भनाइ छ । 
 
'लज्जा' फिल्ममा नवलको काम गर्ने शैली र क्षमताबाट प्रभावित भएकाले निर्देशनको जिम्मा उनैलाई दिएको चेतनले बताए । 'पहिलो काम उहाँसँग नै गर्ने इच्छा थियो । त्यसले नवलको विकल्प खोजिन', चेतनले भने ।