मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेफ्टा अवार्डका लागि आयोजक टिम हङकङ प्रस्थान

फिल्मीखबर, काठमाण्डौ, 2014/10/17
आउँदो सोमवार अर्थात् कार्तिक ३ गते हङकङमा हुने सातौँ संस्करणको नेफ्टा अवार्डको अन्तिम तयारीका लागि नेपालबाट आयोजकहरु कार्यक्रम स्थल तर्फ उडेका छन् । अवार्डलाई सफल पार्न ११ जनाको टोली ४ दिन अगाडी हङकङ उडेको हो ।  
 
अवार्डको नेपाल आयोजक कम्पनी एस.के. थापा प्रोडक्सनका अध्यक्ष सुनिल कुमार थापा, अभिनेत्री झरना थापा, अवार्ड संयोजक बाबुराम दाहाल, अवार्डको कृयटिभ कार्य गर्दै आएका निर्देशक सुरेश दर्पण पोखरेल सहित चलचित्र प्राबिधिक संघका केहि पदाधिकारी, सगरमाथा टेलिभिजनको टिम बिहीबार राती हङकङ उडेको हो । 
 
'हामी अवार्डलाई भव्य रूपमा सम्पन्न गरेर छाड्ने छौं', सुनिलले हङकङ प्रस्थान गर्नु पूर्व भने, 'यो अवार्डलाई महोत्सवको रूपमा लिएका छौं। त्यसैले हङकङ एनआरएनको सहयोगमा यो अवार्ड महोत्सवकै रूपमा सम्पन्न हुने विश्वास दिलाउछु ।' 
 
यस बर्षको नेफ्टा अवार्ड समारोहमा गत बर्ष मलेसियामा उपस्थित भएका भन्दा बढी फिल्मकर्मी र सञ्चारकर्मीको उपस्थितीका माझ सम्पन्न हुने छ । हङकङ आयोजक बनेर ग्रेट पर्फेक्ट लिमिटेडले नेफ्टा अवार्डको हङकङ संयोजनको जिम्मा लिएको छ । पपुलर सहित ३४ बिधामा नेफ्टा अवार्ड बाँडिदै छ ।
 
अवार्ड समारोहमा करिश्मा मानन्धरलाई सदाबहार हिरोइन र संगीतकार शम्भूजीत बाँसकोटालाई संगीत शिरोमणी उपाधीद्धारा सम्मान गरिंदै छ भने 
दीलिप रायमाझी, जीवन लुइँटेल, झरना थापा, केकी अधिकारी, नीता ढुंगाना, पूजा शर्मा, नन्दिता केसी, गौरव पहारी, सुदर्शन थापालगायतले प्रस्तुती दिनेछन् । अभिनेता राजेश हमालले स्वर्गिय श्रीकृष्ण श्रेष्ठमाथि रचिएको कविता बाचन गर्ने छन् ।