बलिउडका चर्चित निर्देशक तथा करियोग्राफर प्रभु देवा भिलेन बन्ने भएका छन् । करियोग्राफर तथा निर्देशक रेमो डिसुजाले निर्देशन गर्ने 'एबिसिडी २'मा प्रभु नेगेटिभ भूमिकामा देखिन लागेका हुन् ।

प्रभु 'एबिसिडी' फिल्ममा पोजेटिभ भूमिकामा देखिएका थिए । सिद्धार्थ रोय कपूरले निर्माण गरेको यो फिल्ममा बरूण धवन र श्रद्धा कपुर मुख्य भूमिकामा छन् । यो फिल्म आगामी जुन २६ तारिखका दिन रिलिज हुनेछ ।

