Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.00/5.00)
Text size:-
+
-

छविको प्रोजेक्टमा अर्जुनको प्रवेश

फिल्मीखबर, काठमाण्डौ, 2014/11/09
निर्माता छविराज ओझा फिल्म बनाउन मात्र होइन यसको प्रचारमा पनि माहिर मानिन्छन् । छविले निर्माण गर्ने फिल्ममा गीतले पनि उच्च स्थान पाएका हुन्छन् । गीतकै कारण छविको  थुप्रै फिल्म हिट भएका छन् ।
 
उनै छविले निर्माण गर्न लागेको नयाँ फिल्ममा संगीतकारको रुपमा अर्जुन पोख्रेलको प्रवेश भएको छ । राम्रा गीत बनाएर पनि प्रचार गतिलो नहुँदा अर्जुनको चर्चा सोचेजस्तो भएको थिएन । तर, गीतलाई उच्च प्रचारमा ल्याउने छविको नयाँ प्रोजेक्टमा प्रवेश भएसँगै अर्जुनको सांगीतिक करिअरले नयाँ स्थान लिने आश गरिएको छ । 
 
छविले महेश खड्का, चेतन सापकोटा, सुरेश अधिकारी, बसन्त सापकोटा, रेखा पौडेललाई संगीतकारको रुपमा चयन गर्दै आएका थिए । संगीतकार अर्जुन पोख्रेलले नाम तय नभैसकेको छविको नयाँ फिल्ममा काम गर्न लागेको जानकारी दिए । यता फिल्मको निर्देशन भने श्याम भट्टराईले गर्नेछन् । 
 
अर्जुन पछिल्लो समय हिट संगीत दिने संगीतकारको रूपमा चिनिन्छन् । पछिल्लो पटक उनले संगीत भरेको फिल्म 'स्टुपिड मन'को गीत निकै हिट भएको थियो । 
Most Visited News (monthly)