Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रियंका कार्कीले एल्बम निकाल्ने

फिल्मीखबर, काठमाण्डौ, 2014/11/08
सानैदेखि गायनमा रूची रहेको बताउने अभिनेत्री प्रियंका कार्की 'आवरण' फिल्मको शिर्ष गीत गाएर गायिका बनिन् । अभिनयमा जीवन्तता दिन खोज्ने प्रियंका गायनमा पनि जम्ने शुरमा छिन् ।  
 
प्रियंकाले आफ्नै स्वरमा एउटा सोलो एल्बम निकाल्ने तयारी गरेकी छिन् । नाम नजुराइएको एक एल्बममा ८ वटा गीत रहनेछ जहाँं प्रियंकाको स्वर सुन्न सकिने छ । सबैले आफूलाई राम्रो गीत गाउँछ्यौ भनेपछि एल्बम निकाल्ने सुरमा रहेको प्रियंकाले जानकारी गराईन् । 
 
आगामी साताबाट 'स्वतन्त्र...' बोलको गीतबाट रेकर्डिङ शुरू गर्ने उनको भनाई छ । यसमा शब्द शैलेश श्रेष्ठ र संगीत  शैलेन्द्र सिंहको रहनेछ । उनले आफूसँग भएको प्रतिभा देखाउन खोजेको बताईन् । उनले आठवटै गीतको भिडियो बनाउने बताएकी छिन् ।
 
प्रियंका करियोग्राफर समेत हुन् । उनले 'मेरो बेस्ट फ्रेन्ड', 'पुण्टे परेड' र 'मिसन पैशा रिलोडेड'को गीतमा करियोग्राफी गरेकी छिन् । 'मिसन पैशा रिलोडेड' रिलिजको क्रममा छ । 
 
फिल्म 'आवरण'मा प्रियंकाले गाएको गीत यस्तो छ -  

Most Visited News (monthly)