Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुमिनाको ओठमा चुम्दा (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2014/11/09
फिल्म 'रंग बैजनी'को एक प्रेम गीत सार्वजनिक भएको छ । गीतमा कलाकारद्धय दिक्पाल कार्की र सुमिना घिमिरेलाई फिचरिड गरिएको छ । 'ओठले छोइ...' बोलको गीतमा दीप प्रधानले संगीत तथा स्वर भरेका छन् ।
 
मंसिर १९ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्ममा अभिनेत्री गरिमा पन्तको पनि मुख्य भूमिका छ । निर्देशक शम्भु प्रधानले १२ बर्षपछि यो फिल्मको निर्देशन गरेका हुन् । नुतन प्रधानको कथा रहेको यो फिल्मले त्रिकोणात्मक प्रेम कथालाई उठान गरेको छ । 
 
फिल्ममा अभिनेत्री सुमिना घिमिरेलाई आधुनिक यूवतीको भूमिकामा देखाइएको छ भने गरिमा पन्त पत्नीको भूमिकामा देखिएकी छिन् । दिक्पाललाई पाउनका लागि सुमिना र गरिमाको लडाईं फिल्ममा हेर्न सकिन्छ ।
 
 

 

Most Visited News (monthly)