

छविराज प्रोडक्शनको ब्यानरमा निर्माण भएको दोश्रो फिल्म 'लज्जा'को दोश्रो ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म प्रदर्शन मिति नजिकिदै गर्दा दर्शकलाई कौतहलता जगाउन ट्रेलर बाहिर ल्याइएको हो ।

काठमाण्डौका अधिकांश मल्टिप्लेक्स हलमा गुणस्तरहिन खानेकुरा विक्री गरिएको पाइएको छ । सोमबार वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको संयोजकत्वमा अनुगमनमा यस्तो भेटिएको हो । हलभित्र ठगी भएको उजुरी परेपछि अनुगमन गरिएको हो ।

चितवनको माडीमा बोक्सीको आरोप लगाउँदै दुई बर्ष अगाडी ज्युदैं जलाइएकी महिला ठेकनीदेवीको जीवनमा आधारित भएर फिल्म 'रक्तभोग' निर्माण हुने भएको छ । आज मंगलबार काठमाडौंको भद्रकालीमा फिल्म 'रक्तभोग'को शुभमुहुर्त गरि सुटिङ शुरू गरियो ।

१२ बर्षपछि नेपाली फिल्म क्षेत्रमा फर्किएका निर्देशक शम्भु प्रधानले बनाएको फिल्म 'रंग बैजनी'को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार गरिमा पन्त, सुमिना घिमिरे र दीकपाल कार्कीलाई देखाइएको छ ।

अभिनेता तथा गायक बाबु बोगटीको पाचौं एल्बम 'रेस्पेक्ट' बजारमा आएको छ । एल्बममा समावेश 'साली ओ साली' बोलको गीतको भिडियो तथा अडियो आज सार्वजनिक गरिएको हो ।

