Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमान धनी कलाकार, शाहरूख तेश्रो स्थानमा

फिल्मीखबर, काठमाण्डौ, 2014/12/13
विश्वको चर्चित आर्थिक पत्रिका फोब्सले सन् २०१४ मा बलिउडका धनी कलाकारको नाम सार्वजनिक गरेको छ । जसमा पहिलो स्थानमा सलमान खान परेका छन् । 
 
 
सलमानको 'जय हो' र 'किक' प्रदर्शन हुनु र 'बीग बोस'बाट पनि राम्रो कमाई गर्नु पहिलो स्थानमा आउनुको मुख्य कारण हो । सलमानले यो बर्ष २४४.५ करोड कमाएका छन् । जबकी दोश्रो स्थानमा रहेका अमिताभ बच्चनको १९६ करोड कमाई छ ।
 
२ बर्षसम्म लगातार पहिलो स्थानमा रहेका शाहरूख खान यो बर्ष भने तेश्रो स्थानमा पुगेका छन् । तरपनि, शाहरूखको कमाई २०२ करोड छ । फोब्सले शाहरूखको कुनै पनि फिल्म रिलिज नहुँदाको समयमा नै यो आँकडा तयार पारेको जनाएको छ ।
 
यो बर्ष शाहरूखको 'ह्याप्पी न्यू इयर' प्रदर्शनमा आएको थियो । जसले बलिउड बक्स अफिसमा मात्र २०४ करोड कमाएको छ । शाहरूखको कमाई उनले इन्डोर्स गर्ने विज्ञापन र रेड चिल्ली कम्पनीबाट मात्र भएको हो ।
 
यो बर्ष अभिनेता अक्षय कुमारले १७२ करोड कमाएका छन् । अभिनेता रणवीर कपुरको ९४ करोड कमाई हुँदै गर्दा अभिनेत्री प्रियंका चोपडाले ५४ करोड कमाएकी छिन् ।
Most Visited News (monthly)