Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

१७ लाखको सेटमा `चंखे शंखे पंखे` (फोटोफिचर)

फिल्मीखबर, काठमाण्डौ, 2014/12/13
छायाँकनमा रहेको कमेडी फिल्म 'चंखे शंखे पंखे'को लगानीले चुली नाघ्ने भएको छ । निर्माण कम्पनीका अनुसार यो फिल्मको लागत ८० लाखभन्दा धेरै हुने देखिएको छ । यो रकम सामान्य फिल्म निर्माणको दोब्बर हो ।  
 
 
निर्देशक सुर्दशन थापाले 'चंखे शंखे पंखे'को पहिलो चरणको सेट निर्माणमा मात्र १७ लाख खर्च भएको बताए । यो फिल्ममा अभिनय गरेका निर्देशक नारायण पुरी र कला निर्देशक राजु पेन्टरले नेपाली फिल्ममा सम्भवत सर्वाधिक महंगो सेट भनेका छन् ।
 
चलचित्र विकास कम्पनीको हलमा सेट तयार गरिरहेका बेला राजु पेन्टरले निर्माण युनिटले राम्रो देखाउन कुनै कन्जुस्याईं नगर्ने भनेपछि महंगो सेट तयार पारेको बताएका छन् । छायाँकार राजेश श्रेष्ठले सुन्दर होटलमा पुग्दा समेत साँघुरो शैलीमा फिल्म खिच्नुभन्दा चाहे केहि खर्च गरेरै भएपनि राम्रो सेट बनाउँदा फिल्म उत्कृष्ट देखिने बताए ।
 
निर्माता सन्तोष सेनले गीतको सुटिङका लागि अझै सेट लगाउन बाँकि रहेकाले लगानीले चुली नाघ्ने बताए । पैसा खर्च भएपनि सोचेभन्दा राम्रो काम भएकाले आफू खुसी रहेको उनको भनाई छ । पहिलो फिल्मबाटै राम्रो मेकर भएर चिनिन चाहने भएकाले पनि कथाको माग अनुसारकै सेट लगाईएको सेनको भनाई छ ।   
 
यस फिल्ममा टेलिभिजन रिपोर्टरको भूमिकामा पूजा शर्माले अभिनय गरेकी छिन् । अभिनेता सुवास थापा चंखेको भूमिकामा छन् भने नयाँ कलाकार प्रेम पुरी शंखेको भूमिकामा छन् । यस्तै निर्देशक थापा पंखेको भूमिकामा छन् । अभिनेत्री नन्दिता केसीको बिशेष भूमिका रहेको छ । 
   
'चंखे शंखे पंखे'को सुटिङ चलेको ठीक एक महिना पुगेको छ । अबको २० दिन भित्रमा सुटिङ सक्ने लक्ष्य राखिएको छ । यो फिल्मको रिलिज अर्को बर्ष हुनेछ । 
 
 
Most Visited News (monthly)