
कामना फिल्म मासिकले सिजी इन्टरटेनमेन्टको सहकार्यमा पहिलोपटक आयोजना गर्न लागेको 'सिजी कामना फिल्म अवार्ड्स २०७१'को विभिन्न २६ प्रतिस्पर्धात्मक विधाको उत्कृष्ट ५ मनोनयन सूचि सार्वजनिक गरेको छ ।

आफूहरुलाई थाहा नै नदिई अवार्डको नोमिनेशनमा पारेको भन्दै `झोले` फिल्म निर्माण टिमले कात्तिक ९ गते हङकङमा आयोजना हुन लागेको इन्फा अवार्डमा सहभागी नहुने घोषणा गरेको छ ।


चलचित्र सेन्सर बोर्डका सदस्यहरुले आफूहरुप्रति पूर्वाग्रह राखेको भन्दै `आगो २` युनिटले आपत्ती जनाएको छ । राजनीतिक कारणले गर्दा फिल्म सेन्सर नभएर असोज ३१ मा चलाउन नसिकएको प्रस्तुतकर्ता किसान पोख्रेलले जानकारी दिए ।

अभिनेता आर्यन सिग्देलको फरक भूमिका रहेको भनिएको फिल्म 'अलबिदा'को प्रोमो रिलिज गरिएको छ । प्राय: फिल्ममा लभर व्यायको रूपमा देखिने आर्यन यो फिल्ममा भने एक्सन हिरोको रूपमा देखिने सार्वजनिक प्रोमोले देखाएको छ ।

लामो समय अमेरिका बसेपछि नेपाल फर्किएर फिल्ममा व्यस्त अभिनेत्री प्रियंका कार्कीले सन्तानको चाहना व्यक्त गरेकी छिन् । पतिसँग कुरा मिल्न नसकेपछि डिभोर्स भएको बताउने यी अभिनेत्रीले आफ्नो काखमा पनि घोर्ले सन्तान भैदिए रमाइलो हुने धारणा राखेकी छिन् ।

