अभिनेता भूवन केसी यूवतीसँगको नाम जोडाइले बारम्बार चर्चामा त आइरहन्छन् । उनै केसी अहिले पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशीसँग तस्विर प्रेममा छन् ।


भुवन र मलिना लुम्बिनीमा लुम्बिनी मोडल हन्टका लागि पुगेका थिए । दुबैलाई विशेष अतिथीको रुपमा कार्यक्रममा बोलाइएको थियो । दुबैले कार्यक्रमका भन्दा आफू दुईका तस्बिरलाई फेसुबकमा अत्याधिक पोष्ट गरेका छन् ।
भुवनले मलिनासँग र मलिनाले भुवनसँग भन्दै सार्वजनिक गरेका तस्बिरले उनीहरुको तस्विर मोह झल्काउछ । भुवन मलिनासँग हुँदा खुशी देखिएका छन् भने मलिना पनि भुवनसँग लुम्बिनी पुग्दा दंग देखिएकी छिन् ।

भुवन र मलिनालाई कार्यक्रम भन्दा बाहिर एकसाथ तस्बिर पोष्ट गरिरहेको देख्दा धेरैले विभिन्न खालका अड्कल काटे । आखिरमा तस्विर प्रेम नै हो त ?

