Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

कपिल शर्मा काठमाण्डौमा

फिल्मीखबर, काठमाण्डौ, 2014/12/13
एनसेलले आयोजना गर्न लागेको पर्पलफेष्टा स्थगित भएपनि चर्चित कमेडियन कपिल शर्मा काठमाण्डौ आइपुगेका छन् । उनी आज काठमाण्डौ आएका हुन् । आफ्नो पूर्व निर्धारित कार्यक्रम अनुसार नै कपिल काठमाण्डौ आएका हुन् । उनी आइतबार मुम्बई फर्कनेछन् ।
 
 
कपिल काठमाण्डौ आएपछि एनसेलले पत्रकार सम्मेलनको आयोजना गरेको छ । पत्रकार भेटघाट कार्यक्रममा कपिलले अब छिट्टै नयाँँ मितिमा कार्यक्रम लिएर नेपाल आउने बताए । कार्यक्रम गर्न नपाउँदा दुखी भएको भाव पनि व्यक्त गरे ।  उनले नेपाल आफूलाई मन पर्ने देश समेत भएको खुलाए । 
 
स्थानिय प्रशासनले कपिल शर्माको कार्यक्रम नगर्न भनेपछि अन्तिम समयमा आएर दशरथ रंगाशालामा हुन भनिएको कार्यक्रम रद्द भएको थियो । कपिल 'कमेडी नाइट विथ कपिल'का माध्यमबाट चर्चित छन् ।
Most Visited News (monthly)