'एउटा साथी'पछि निर्देशक लक्ष्मण सुवेदीले निर्देशन गर्न लागेको दोस्रो फिल्म 'लालजोडी'को गीत रेकर्डिङ सुरु भएको छ । दिलासा क्रिएसनको ब्यानरमा निर्देशक सुवेदी स्वयं निर्माता रहेको फिल्मको शनिबार काठमाडौं प्लाजास्थित ड्रिम्स स्टुडियोमा गीत रेकर्ड गरियो ।

'आज त क्या ब्युटी भा’की छौ...' बोलको गीतमा राजेशपायल राई र मनिषा पोखरेलले स्वर दिए । दिनेश सुवेदीले लेखेको प्रस्तुत गीतमा संगीत टंक बुढाथोकीले दिएका छन् ।

१९ माघबाट सुटिङ सुरु हुने फिल्मका कलाकार र प्राविधिकको चयन कार्य भइरहेको निर्देशक सुवेदीले बताए । कमेडी लभस्टोरी 'लालजोडी'को स्क्रिप्ट निर्देशक स्वयंले लेखेका छन् ।

