मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(53 votes, avg 4.85/5.00)
Text size:-
+
-

नम्रताको प्रोडक्शनमा `सोल सिस्टर्स`

फिल्मीखबर, काठमाण्डौ, 2014/12/15
अभिनेत्री नम्रता श्रेष्ठको नयाँँ परिचय थपिएको छ । उनी अब फिल्म निर्मात्री समेत बनेकी छिन् । नम्रताले आज एक कार्यक्रमको आयोजना गर्दै फिल्म कम्पनी र नयाँ फिल्मको टिजर सार्वजनिक गरिन् । 
 
सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजाल प्रमुख अतिथी रहेको कार्यक्रममा नम्रताको फिल्म, म्यूजिक भिडियो तथा अन्य विभिन्न काम गर्ने प्रोडक्शन कम्पनी हाइली हिल इन्टरटेन्मेन्टको घोषणा गरिएको हो । यो कम्पनीले फिल्म, म्यूजिक भिडियो निर्माण तथा अन्य विभिन्न काम गर्नेछ ।
 
कार्यक्रममा यही कम्पनीले बनाएको फिल्म 'सोल सिस्टर्स'को पनि टिजर सार्वजनिक गरियो । मन्त्री रिजालले फिल्मको टिजर सार्वजनिक गरे । टिजर हेरेपश्चात मन्त्री रिजालले भने, 'इम्प्रेसिभ टिजर ।'  
 
फिल्मको लेखन तथा निर्देशन प्रशान्त रसाइलीले गरेका हुन् । फिल्ममा नम्रता श्रेष्ठ, दीपक शर्मा, शकुन्तला बैद्य, राजेश हमाल र रविना देसराजको मुख्य भूमिका छ ।
 
कार्यक्रममा बोल्दै अभिनेत्री नम्रता श्रेष्ठले आफूलाई कथावस्तु मन परेकाले पहिलो पटक नै थ्रिलर तथा सस्पेन्स फिल्म निर्माण गरेको बताइन् । जनवरी १५ मा प्रदर्शनमा आउन लागेको यो फिल्मले दर्शकलाई नयाँ स्वाद दिने उनको भनाई छ । अभिनेता राजेश हमालले आफ्नो भूमिका फिल्ममा खासै धेरै नभएपनि काम गर्दा रमाइलो भएको बताए ।
 
बैंकर रविना देसराजले नेपाली फिल्मको बजार फराकिलो बन्दै गएकाले यसमा आकर्षित भएको खुलाइन् । उनले आवश्यक परेको खण्डमा आफूहरुले पनि फिल्म बजारमा लगानी गर्न सक्ने संकेत गरिन् ।