मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 4.86/5.00)
Text size:-
+
-

नयाँ गेटअपमा `होमवर्क` गर्दै आर्यन

फिल्मीखबर, काठमाण्डौ, 2014/12/16
गोपिकृष्ण मुभिजले केही समयको विश्रामपछि निर्माण गर्न लागेको फिल्म 'होमवर्क'को आज मंगलबार घोषणा गरिएको छ । घोषणा कार्यक्रममा कलाकारहरुको परिचय नयाँ तरिकाले गराइयो । कलाकारहरु फिल्ममा आफ्नो भूमिका लेखिको प्लेकार्ड बोकेर स्टेजमा पुगे र तस्बिर खिचाए ।
 
 
एकपछि अर्का फिल्मकर्मी स्टेजमा पुग्दा रमाइलो मानेका उपस्थित अतिथी र पत्रकार त्यतिबेला झनै उत्साहित भए जब एक पाका मानिस झोला र टुम्लेट भिरेर स्टेजमा देखिए । धेरैले उनलाई चिनेनन्, चिन्ने मुस्कुराए ।
 
अभिनेता आर्यन सिग्देलले आफ्नो भूमिकामा केही फेरबदल ल्याएका थिए । आर्यनको नयाँ लुक्सले उपस्थित सबैमा कौतुहलता जगायो । निरक पौडेलको निर्देशनमा बन्न लागेको यो फिल्ममा आर्यनको साथमा नम्रता श्रेष्ठ, विजय लामाको मुख्य भूमिका रहनेछ ।
 
फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, चन्द्र पन्तको द्धन्द्ध, ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको करियोग्राफी, कृष्णहरि बरालको गीत, शिवम अधिकारीको पटकथा तथा निमा लामाको मेकअप छ । 
 
एनएफडीसी एनलग सिष्टमबाट पूर्ण रुपमा डिजिटल प्रविधिमा प्रवेश गरेकाले पनि केही समय नयाँ प्रोजेक्ट घोषणा गर्न ढिलाई भएको कार्यक्रममा जानकारी गराइयो ।
 
 
गोपीकृष्ण मुभिजले सन् २०१५ भित्र आफ्नै र संयुक्त लगानीमा सातवटा फिल्म निर्माण गर्ने जनाएको छ । जस अन्र्तगत आज आयोजित पत्रकार सम्मेलनमा ती फिल्मको जानकारी पनि गराइयो । जसमा अभिनेत्री करिश्मा मानन्धर निर्माता रहने फिल्म पनि छ । करिश्माले गोपिकृष्ण मुभिजसँग मिलेर नयाँ फिल्म बनाउन लागेकी हुन् ।
 
यस्तै, रेशराज आचार्यलाई निर्देशक लिएर भैरव सापकोटाले फिल्म निर्माण गर्नेछन् । निर्देशक गणेशदेव पाण्डेले 'सुनिता' नामको फिल्म गोपीकृष्ण मुभिजसँग सहकार्य गरेर बनाउँदै छन् भने अभिनेत्री नम्रता श्रेष्ठले पनि नयाँ फिल्म बनाउँदै छिन् । 
 
गोपीकृष्ण मुभिजले चैत्र २७ गते 'सेतो बाघ'को वितरण गर्ने समेत बताएको छ । 'सेतो वाघ'सँगै गोपीकृष्णले नेपाली फिल्म वितरणको काम समेत अगाडि बढाएको छ ।