मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सोनाक्षी पनि गायिका

फिल्मीखबर, काठमाण्डौ, 2014/12/16
बलिउडमा अभिनेत्री सोनाक्षी सिन्हा भाग्यमानी मानिन्छिन् । छोटो समयमा नै बलिउडमा आफ्नो स्थान जमाएकी यी अभिनेत्रीले स्टार अभिनेताहरूसँग काम गरिसकेकी छिन् ।
 
 
यिनै भाग्यमानी सोनाक्षी अभिनेत्रीसँगै गायिका पनि हुन् भन्ने कमैलाई मात्र थाहा हुनसक्छ । हालै मात्र सोनाक्षीले पाकिस्तानी गायक इमरान खानसँग एक गीत गाएकी छिन् । इमरानले पाकिस्तानबाट गायिका नल्याएका कारण आफूले साथ दिएको सोनाक्षीले खुलाइन् ।
 
सोनाक्षीले आफूलाई गीत गाउन सधैं रहर लाग्ने भएपनि आफू बाथरुम गायिका मात्र भएको बताइन् । फिल्म बनाउनेहरुले आफूलाई गायिकाको रुपमा प्रस्ताव नगरेका कारण पनि गीत गाउन नपाएको उनको भनाई छ ।
 
उनले बलिउडका अन्य दुई अभिनेत्री श्रद्धा कपुर र आलिया भट्टसँग आफ्नो गाउने कुरामा प्रतिस्पर्धा नरहेको खुलाइन् । श्रद्धाले 'एक भिलेन' र 'हैदर'मा गीत गाएकी छिन् भने आलियाले 'हाइवे' र 'हम्टी शर्माकी दुल्हनिया'मा आवाज दिएकी छिन् । 
 
सोनाक्षीले आफूले हरेक फिल्ममा गीत नगाउने बताइन् । उनले बलिउडमा मिठो आवाज भएका गायिकाहरु रहेको खुलाइन् । अभिनेत्री प्रियंका चोपडाले भने अंग्रेजी गीत समेत गाईसकेकी छिन् ।