मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शिखा हराउँदा निर्देशक चिन्तित

फिल्मीखबर, काठमाण्डौ, 2014/12/19
कलाकारहरुको काम फिल्ममा काम गर्नु मात्र होइन, यसको प्रदर्शन सम्म साथ दिनु पनि हो । आफ्नो फिल्म चल्ने समयमा फिल्मका मुख्य कलाकार नै सम्पर्कमा नआउँदा निर्माता निर्देशकलाई तनाव हुनु स्वभाविक नै हो ।
 
यतिबेला फिल्म 'इच्छा'का निर्देशक मुनाल घिमिरेलाई पनि यस्तै भएको छ । अभिनेत्री शिखा शाही सम्पर्कमा नआउँदा मुनाल केही चिन्तित देखिएका छन् । उनका लागि फिल्मको प्रचारमा हिड्ने कलाकारको नै अभाव देखिएको छ ।
 
माघ २ गतेबाट प्रदर्शनमा आउने तरखरमा रहेको यो फिल्ममा शिखा एक मात्र मुख्य अभिनेत्री हुन् । प्रचारको समयमा हिड्ने बेलामा अभिनेत्री सम्पर्कमा नआएको मुनालको भनाई छ । फिल्म चल्न एक महिना पनि बाँकी नरहेको अवस्था शिखा मुनालको सम्पर्कमा आएकी छैनन् ।
 
दयाहाड राई र सुवास थापा फिल्मका पुरुष मुख्य पात्र हुन् । दुबै कलाकार अन्य फिल्मको छायांकनमा व्यस्त छन् । बाबु आमाको भन्दा पनि आफ्नै इच्छामा बिहे गर्नुपर्छ भन्ने कथालाई यो फिल्मले देखाउन खोजेको छ ।