Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रिंयंकाको `म्याडमजी`

फिल्मीखबर, काठमाण्डौ, 2014/12/19
बलिउड अभिनेत्री प्रियंका चोपडा एक सफल गायिका पनि हुन् । उनले केही समय अघि मात्र एक अंग्रेजी एल्बम बजारमा ल्याएकी थिइन् । जसको चर्चा विश्व बजारमा नै भयो ।
 
उनै प्रियंका अब अमेरिकाको टीभी च्यानल एवीसीसँग पनि जोडिएकी छिन् । यो टेलिभिजनको माध्यमबाट उनले आफ्नो प्रतिभा देखाउने तयारी गरेकी छिन् । प्रियंकाले यो काममा जोडिदा आफूलाई असाध्यै खुशी लागेको बताएकी छिन् । उनले यसलाई एक अध्यायको सुरुवात भएको समेत दाबी गरेकी छिन् ।
 
यतिमात्र हैन, अभिनेत्री चोपडा अब निर्मात्री पनि बन्ने तयारीमा छिन् । प्रियंका यतिबेला आफ्नै होम प्रोडक्शनमा निर्माण हुन लागेको फिल्म 'म्याडमजी'को काममा व्यस्त छिन् । यो फिल्मलाई मधुर भन्डारकरले निर्देशन गर्दैछन् । जसले यसअघि प्रियंकालाई लिएर 'फेशन' जस्तो फिल्म बनाएका थिए । 
 
प्रियंकाले यही फिल्मको व्यस्तताले गर्दा हालै मात्र एक बिहेका नाचेको ९ करोडको अफर पनि छोडेकी थिइन् ।
Most Visited News (monthly)