मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

समाज बदल्ने रीमाको `स्केप`

फिल्मीखबर, काठमाण्डौ, 2014/12/18
अभिनेत्री रीमा विश्वकर्माले समाज बदल्नका लागि एउटा कलाकारको भूमिका महत्वपूर्ण हुने बताएकी छिन् । उनले अभिनय गरेको फिल्म `स्केप`को ट्रेलर सार्वजनिक कार्यक्रममा रीमाले आफूले पनि यो फिल्ममा यस्तै एक पात्रको भूमिका गरेको सुनाइन् । 
 
 
 
प्रदिप मिडिया प्रालीको ब्यानरमा निर्माण भएको यो फिल्ममा रीमाको अलवा प्रदिप खड्का, कमल श्रेष्ठ मुख्य भूमिकामा छन् । साथमा रश्मी भट्ट, मुक्ता आचार्य, प्रकाश श्रेष्ठ, सन्तोष कार्की, निश्चल खरेल, निश्चल लामा लगायतका कलाकारले पनि फिल्ममा अभिनय गरेका छन् ।
 
प्रदिप कार्कीको कथा, अमित श्रेष्ठको संगीत, चन्द्रमान ढंगोलको छायांकन रहेको यो फिल्मलाई सस्पेन्स तथा सामाजिक बिषयमा बुनिएको बताइएको छ । फिल्मको निर्देशन अनन्त घिमिरेले गरेका हुन् ।
 
 
कलाकार तथा लेखक प्रदिप खड्काले फिल्मले ड्रक्सको कथा उठान गरेको बताए । माघ २३ गते रिलिज हुन लागेको 'स्केप'को निर्माण कमल श्रेष्ठले गरेका हुन् । अमित ढुंगाना फिल्मका कार्यकारी निर्माता हुन् ।