मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 3.00/5.00)
Text size:-
+
-

विपशा भन्छिन्– `जोन को हो ?`

फिल्मीखबर, काठमाण्डौ, 2014/12/18
कुनै समय थियो, बलिउडमा अभिनेत्री विपशा वासु र अभिनेता जोन अब्राहमको जोडी चर्चित थियो । यो जोडी एक अर्काका लागि साथ र सहयोगमा अगाडि बढ्थ्यो । जोन र विपाशाको प्रेमले बलिउड मात्र होइन विश्व बजार नै परिचित थियो ।
 
 
समय बदलिएको छ । विपशा जोनलाई सम्झन पनि चाहन्नन् । एक भारतीय मिडियासँगको कुराकानीमा विपशाले जोनलाई नचिन्ने बताइन् । विपशाले भनिन्– ‘म जोन भन्ने मान्छेलाई चिन्दिन । मेरो सम्झने क्षमता कमजोर छ ।’ 
 
विपशाले केही समय अघि मात्र जिम जाँदा एक डाक्टरलाई भेटेको क्षण सम्झदै भनिन्,– ‘उसले मलाई बोलाएर भन्यो कि तपाईंलाई मैले जोनसँग भेटेको थिएँ ।’ विपशाले आफूले ती व्यक्तीलाई नै नचिनेको भन्दै भनिन्– ‘मैले उसलाई नजिकै गएर भने, तपाईंलाई मैले चिनिन ।’
 
सम्झने क्षमता कमजोर रहेको भन्दै विपशाले आफ्नै पूर्व प्रेमीलाई नचिनेको बताउन थालेकी छिन् । विपशा जोनलाई पूर्ण रुपमा बिर्सन चाहन्छिन् । जोन बिहे गरेर घरमज गरिरहेका छन् भने विपशा बलिउड अभिनेता हरमन बबेजासँगको प्रेममा मस्त छिन् । यसैले पनि उनी लामो समयदेखि प्रेममा रहेको आफ्नै प्रेमीलाई चिन्दिन भन्न थालेकी छिन् ।