मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.25/5.00)
Text size:-
+
-

हमालको हातमा `बागमती` मात्र

फिल्मीखबर, काठमाण्डौ, 2014/12/19
यतिबेला एउटा प्रश्न उब्जिएको छ, नेपाली फिल्मका चर्चित अभिनेता राजेश हमाल फुर्सदिला बनेका हुन् ? कारण, उनी क्यामेरा अगाडि एक्सन र कट भनेर समय बिताइरहेका छैनन् ।
 
केही दिन अगाडि एक कार्यक्रममा भेटिएका हमालले यतिबेला आफ्नो हातमा 'बागमती' फिल्म मात्र रहेको बताए । उसो त हमालले अभिनेत्री नम्रता श्रेष्ठको निर्माणमा बनेको फिल्म 'सोल सिस्टर'मा विशेष भूमिका निर्वाह गरेका छन् ।
 
अब के छ नयाँ प्रोजेक्ट ? पत्रकारको प्रश्नमा हमालले 'बागमती'को डबिङ बाँकी रहेको खुलाए । कुनै समय हमालका फिल्म हप्तै पिच्छे हलमा लाग्थे । फिल्मको काममा फुर्सदिलो बनेपछि हमाल कहिले महोत्सवमा त कहिले विदेशमा आयोजना हुने विभिन्न कार्यक्रममा पुग्न गरेका छन् ।
 
बिहे गरेपछि पनि आफूले बिहे अगाडिको जस्तै जीवन विताएको बताउने नेपाली फिल्मका चर्चित अभिनेताले अब फिल्ममा भूमिका परिवर्तन गर्ने बेला आएको हो कि ?
 
'बागमती' फिल्मबाट भने उनी निक्कै आशावादी छन् । 'बागमती'मा पहिलो पटक आफूले फिल्म मेकिङ र व्यवसायिकताको पूर्ण महशुस हुने गरि काम गरेको उनको भनाई छ ।