फागुन २२ मा प्रदर्शनमा आउने फिल्मको सूचीमा 'झिग्राना' पनि थपिएको छ । यसअघि यो मितिमा 'पूर्नजन्म' आउने पक्का भएको थियो ।


गोल्डेन याक इन्टरटेन्मेन्टले निर्माण गरेको यो फिल्मलाई पासाङ लामाले लेखन तथा निर्देशन गरेका हुन् । यो फिल्मको पोष्टर, ट्रेलर र अडियो सार्वजनिक गरिएको छ । फिल्मले झिग्राना गाउँमा पुग्ने एक गैह्र सरकारी संस्थाका कर्मचारीरुको रहस्यमय कथा देखाउने छ ।
फिल्ममा हना गेस्चिव्स्की, निकुन श्रेष्ठ, मेनुका प्रधान, ज्योती कार्की, दिवाकर पिया, बिना पाण्डे, शान्ती गिरी, अरुण रेग्मी लगायतका कलाकारको अभिनय छ । फिल्मले झिग्राना गाउँमा हुने रहस्यमय घटनालाई थ्रिलर शैलीमा प्रस्तुत गरेको छ ।
कार्यक्रममा बोल्दै फिल्मका निर्देशक पासाङ लामाले नेपाली फिल्मका दर्शकलाई नयाँ स्वाद दिन फरक शैलीको फिल्म बनाएको बताए । फिल्मका कलाकार तथा प्राविधीकहरुले नयाँ शैली र कथाको फिल्ममा काम गर्न पाउँदा खुशी लागेको बताए ।
फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, इमान विक्रम शाहको संगीत तथा पाश्र्वगायन छ ।
फिल्मको निर्माण यूनिटले दर्शकका लागि पनि एक प्रतियोगीताको आयोजना गरेको छ । फिल्मको मुख्य गीत 'नाचन'लाई आफ्नो शैलीमा गाएर पठाउने एक दर्शकले १ लाख नगद पाउने बताइएको छ ।

