Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

मेचेको `किल्ला`मा सुरभीको रोमान्स (भिडियो सहित)

फिल्मीखबर, काठमाण्डौ, 2015/01/06
अभिनेत्री सुरभी जैनले फिल्म क्षेत्रबाट आफू टाढा भएको जनाइसकेकी छिन् । तर, उनी टाढा भएको केही दिनमै उनले अभिनय गरेको अर्को फिल्म `किल्ला`ले प्रदर्शन मिति सार्वजनिक गरेको छ । 
 
 
फागुन २९ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मलाई मेचे फिल्मस्को ब्यानरमा निर्माण गरिएको हो । फिल्ममा कलाकार सुवास मेचे द्धन्द्धात्मक भूमिकामा देखिएका छन् । फिल्ममा उनी बाहेक सरभी जैन, पुकार भट्टराई, विल्सन विक्रम राईको मुख्य भूमिका छ ।
 
चेलिबेटी बेचबिखन, राजनीति, भ्रष्टाचार र राष्ट्रियताको बिषयलाई उठान गरेको यो फिल्मलाई द्धन्द्ध निर्देशक हिमाल केसीले निर्देशन गरेका हुन् । फिल्ममा विकास चौधरीको संगीत, कविराज गहतराजको नृत्य निर्देशन छ । 

Most Visited News (monthly)