मिति : २०८१ वैशाख ५, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(9 votes, avg 4.22/5.00)
Text size:-
+
-

विर्खेकी नायिकालाई यौन प्रस्ताव ?

फिल्मीखबर, काठमाण्डौ, 2015/01/07
भिडियो निर्देशक मुनाल शिशिर कोइरालाले आफूलाई यौन प्रस्ताव राखेको मोडल तथा अभिनेत्री आयुषा राईले आरोप लगाएकी छिन् । ३ महिनामा नेपालको टप अभिनेत्री बनाइदिन्छु भन्दै आफूसँग सबै कुरा गर्नुपर्छ भन्दै मुनालले प्रस्ताव राखेको आयुषाले फेसुबक मार्फत सार्वजनिक गरेकी छिन् ।
 
 
आयुषाले आफूलाई मुनालले विस्तारमा एकसाथ सुत्नु पर्ने अफर गरेको समेत लेखेकी छिन् । मुनालले आफूलाई म्यासेजमा मात्र नभएर प्रत्यक्ष भेट्दा नै यौन सम्पर्कको अफर गरेको भन्दै आयुषाले दिमाग नभएको मानिसलाई आफूले कुनै जवाफ नदिएको फेसबुकमा लेखेकी छिन् ।
 
यस्तै उनले मुनालले काममा पनि कसैलाई इज्जत नगर्ने आरोप लगाएकी छिन् । आफूले आज भिडियोमा अभिनय गरेको पारिश्रमिक लिन भेट्दा मुनालले यस्तो प्रस्ताव गरेको आयुषाको आरोप छ ।
 
आयुषाको स्टाटसमा कमेन्ट गर्दै मुनालले यस्तो कुरा कहाँबाट आयो भनेका छन् । उनले यस्ता कुरा मलाई नै किन आउँछ भन्दै कमेन्ट लेखेका छन् । उनले यौन सम्पर्कको प्रस्तव राखेको अस्विकार गरेपनि च्याटमा देखिएको कुराले भने अप्रत्यक्ष रूपमा यौन सम्पर्कको प्रस्ताव राखेको प्रस्टिन्छ । 
 
आयुषाको स्टाटसमा कमेन्ट गर्दै मुनालले यस्तो कुरा कहाँबाट आयो भनेका छन् । उनले यस्ता कुरा मलाई नै किन आउँछ भन्दै कमेन्ट लेखेका छन् । थुप्रै म्यूजिक भिडियोमा अभिनय गरेकी आयुषाले भदौमा प्रदर्शनमा आएको फिल्म 'विर्खेलाई चिन्छस्'मा अभिनय गरेकी थिइन् ।