मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

के अब न्यूड फोटोसुट गरौं ?

फिल्मीखबर, काठमाण्डौ, 2015/01/07
फिल्म 'स्केप'मा अभिनय तथा निर्माण गरेका प्रदिप खड्कामा केही दिकदारी देखिएको छ । माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मका निर्माता तथा कलाकार समेत रहेका प्रदिपले राम्रो फिल्म बनाएपनि आफ्नो सोच सोचमै सिमित हुन लागेको दिकदारी प्रस्तुत गरेका छन् । 
 
 
प्रदिपले फेसबुकमा लेखेका छन्, 'राम्रो फिल्म बनाएर मात्र नहुने भयो । पोष्टर टाँस्न पनि नपाइने । टीभीमा विज्ञापन दिउँ बत्ती छैन । इन्टरनेट प्रयोगकर्ता नेपालमा कती जना छन् ? सबैलाई थाहा नै होला । आफ्नो फिल्मको प्रचार गर्न केही नयाँ तरिका अपनाउ भनेको सोचमै सिमित होला जस्तो छ ।'
 
प्रदिपको दिकदारी यतिमा मात्र सिमित छैन । उनले आफूलाई फिल्म नगरी मन परेपनि यसकै पृष्ठभूमिबाट आफू नभएको जनाएका छन् । यसमा उनले फिल्मी जगतकै पारिवारिक तहबाट आउने कलाकारलाई ब्यड्ग्य गरेका छन् ।
 
उनले फिल्म चलाउनका लागि अभिनेत्रीको नांगो फोटोसुट गराउन पर्यो समेत लेखेका छन् । फिल्म चलाउनका लागि अभिनेत्रीको उत्तेजक फोटोसुट गराउनेका लागि उनको यो कसिलो ब्यड्ग्य हुनसक्छ । फिल्म चलाउनका लागि सस्तो प्रचार गर्नुपर्ने उनले लेखेका छन् ।
 
प्रदीपले व्यङ्य गर्दै लेखेका छन्- 'पीके हुँँ तर बलिउडको हैन । अब कि हिरोईन कै न्यूड फोटोसुट गर्न पर्‍यो । लज्जा नमानी हिरोईनसँग डेट जानु कि चर्चामा आउन बेड सिन लिक गरूँ ? स्पोन्सर्ड न्यूज निकाल्न एटिएम नै घोट्न पर्ला । न हिरो न निर्देशकको अन्तिम फिल्म भन्न पाईयो । अब बिगतलाई हेर्ने हो भने सस्तो प्रचार नगरी नहुने जस्तो छ । तपाईंहरू के सल्लाह दिनुहुन्छ ?'  
 
पहिलो फिल्म 'स्केप'को प्रदर्शनका लागि दौडधुप गरेका प्रदिपले पोष्टर प्रदर्शन गर्ने योजना बुनेको बताए । उत्कृष्ट हुने २ प्रिन्ट गर्ने नयाँ योजना उनले निकालेका छन् । फिल्म प्रचारका लागि फिल्म नगरीमा अपनाउँदै आइएको विभिन्न खालको प्रचारको तरिकामाथि ब्यड्ग्य गर्दै उनले पोष्टर प्रदर्शनीको योजना बुनेको सुनाएका छन् ।
 
रीमा विश्वकर्माको साथमा प्रदिपले अभिनय गरेको 'स्केप'ले लागूपदार्थ दुव्र्यसनीको कथालाई उठान गरेको छ । फिल्मलाई अनन्त घिमिरेले निर्देशन गरेका हुन् ।