Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिहेको चर्चामा पुगेर विपाशाको ब्रेकअप

फिल्मीखबर, काठमाण्डौ, 2015/01/07
बलिउडमा अभिनेत्री विपशा वासु र उनको प्रेम सम्बन्धको चर्चा भई नै रहन्छ । अभिनेताद्धय डिनो मोरियो र जोन अव्राहमसँगको सम्बन्ध टुटाएर विपशा अर्का अभिनेता हरमन बबेजासँग जोडिएकी थिइन् ।
 
हरमन र विपशाको बिहे चर्चा सुरु भैसकेको थियो । विपशा र हरमनको परिवारले बिहेको लागि कुरा समेत चलाएका थिए । तर, अब यो जोडी अलग भएको छ । विपाशाले यो कुरा स्विकार गरेकी छिन् । 
 
विपशाले आफूहरु एउटा राम्रो साथी बन्न सक्ने बताइन् । विपाशाले भनिन्– ‘हरमन एक राम्रो मानिस हुन् । मलाई आशा छ, हाम्रो मित्रता आउने दिनमा फेरि पनि अगाडि बढ्नेछ ।’
 
विपशाले आफ्ना पूर्व प्रेमी डिनो मारियोसँग सम्बन्ध राम्रो रहेको खुलाइन् । डिनो अझै पनि आफूलाई अप्ठ्यारो पर्दा सहयोग गर्न आइपुग्ने विपशाको भनाई छ । 
Most Visited News (monthly)