Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विदेशमा पनि `आभाष`

फिल्मीखबर, काठमाण्डौ, 2015/01/07
पौष २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म 'आभाष' यूरोप लगायतका विश्वका विभिन्न देशमा पनि देखाइने भएको छ । अर्न्तराष्ट्रिय कलाकार समाजले 'आभाष' प्रदर्शनको जिम्मा लिएको हो ।
 
काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न ४० देशमा यो फिल्म चल्ने जानकारी दिईयो । यसबाट करिब २५ लाख रुपैयाँ उठ्ने बताइएको छ । अहिले विभिन्न १० देशमा फिल्म लगाइनेछ । नेपालमा भने यो फिल्म ६५ वटा हलमा लाग्ने वितरक तथा निर्माता गोविन्द शाहीले जानकारी दिएका छन् ।
 
यो फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । फिल्ममा नीशा अधिकारी, संयम पुरी, सलोन बस्नेत, आश्मा डीसी मुख्य भूमिकामा छन् ।
Most Visited News (monthly)