Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`आलोकको संवेदना बिक्री गर्दैनौं` : सुदर्शन

फिल्मीखबर, काठमाण्डौ, 2015/01/12
निर्देशकबाट अभिनेता बनेका सुदर्शन थापाले स्वर्गिय आलोक नेम्वाङको अन्तिम फिल्म 'अझै पनि' भएकाले उनको संवेदना बेचेर फिल्म नचलाउने बताए । उनले भनेका छन्, 'आलोक दाइको संवेदना बिक्री गर्दैनौं । हामी फिल्मले बोकेको भावनामार्फत दर्शक तान्न कोशिस गर्नेछौं ।' 
 
फिल्मभित्र नारीको भावनालाई चित्रण गर्न खोजिएको हुनाले सुदर्शनले कथा नै आफ्नो व्यवसायको मूल हतियार भएको उनको भनाई छ । निर्माता समेत रहेका सुदर्शनले आलोकको नाम बेचेर कुनै फाईदा लिने उद्देश्य नरहेको तर्क गरे । 
 
फिल्म पूर्ण रूपमा मनोरञ्जनात्मक रहेको सुदर्शनको भनाई छ । सुदर्शन निर्देशक भएकाले आलोकको अनुपस्थितीको स्थान आँफैले लिएर फिल्मको प्राबिधिकदेखि अन्य काम उनले सम्हाल्दै आएका छन् ।
 
पूनम गौतमको समेत लगानी रहेको यो फिल्ममा सुदर्शनसहित पूजा शर्मा, सुरक्षा पन्त, मिथिला शर्मा, विजय लामा, विशाल ढुंगाना, पुष्प खड्कालगायतका कलाकारहरुको अभिनय रहेको छ ।   यो फिल्म फागुन १५ गते रिलिज हुनेछ । 
Most Visited News (monthly)