अभिनेता रणवीर सिंहले बैंलोर पुगि अभिनेत्री दीपिका पादुकोणका आमाबुवालाई भेटे । भेटपश्चात रणवीरले दीपिकासँग विहे गर्न आमाबाबुको अगाडी उनको हात मागे । दीपिकाका आमाबुवाले पनि रणवीरलाई हात सुम्पेको बताईएको छ ।

यता रणवीर सिंहले दीपिकाको हात माग्दै गर्दा अर्का अभिनेता रणवीर कपूरले अभिनेत्री कैट्रिन कैफसँग इंगेजमेन्ट गरेको बताईएको छ । प्रेम सम्बन्धको बारेमा मौन रहँदा आएका यो जोडीले लण्डनमा इंगेजमेन्ट गरेको बुझिएको छ ।

सिमित परिवारका सदस्य र आफन्तमाझ उनीहरुले औंठी साटासाट गरेको भारतीय संचारमाध्यमको दाबी छ । यो जोडीको बिहे भने अर्को बर्ष मात्र हुने बताईएको छ ।
बलिउडका सेलिब्रेटीको प्रेम सम्बन्ध र बैबाहिक जीवनको कुनै टुंगो नभएकाले यो जोडी कहिलेसम्म अगाडी बढ्छ, भन्न सकिन्न ।

