अभिनेता आर्यन सिग्देलले अभिनय गरेको फिल्म 'अलबिदा'लाई अभिनेता निखिल उप्रेतीले साथ दिएका छन् । काठमाण्डौमा आयोजना भएको प्रेस शोमा निखिल उप्रेती देखिए, आर्यन छायांकनमा नै व्यस्त बने ।

निखिलले फिल्म हेरेपछि आफूलाई अत्यन्त मन परेको खुलाए । उनले निर्माता तथा कलाकार हसन खानको अभिनय र द्धन्द्धको पनि तारिफ गरेका छन् । एक्सन किङ निखिलको तारिफबाट हसन दंग छन् ।
देशभरका विभिन्न हलमा प्रदर्शनमा आएको लक्ष्मण रिजाल निर्देशित फिल्म 'अलबिदा'ले औषत व्यापार गरेको छ । कम हल, देशभरका विभिन्न स्थानमा भैरहेको बन्दले फिल्मको व्यापारलाई प्रभाव पारेको देखिन्छ ।
निर्माता खान भने आफू व्यापारबाट सन्तुष्ट रहेको बताउँछन् । उनले फिल्मको व्यापारबाट आफू सन्तुष्ट रहेको भन्दै दर्शक तथा फिल्मीकर्मीले आफ्नो काम रुचाएको बताए ।
अनिता आचार्य, हसन खानको साथमा आर्यन सिग्देलको विशेष भूमिका छ । मुस्लिम र हिन्दुको कथा भन्ने यो फिल्ममा आर्यन प्रहरीको भूमिकामा देखिएका छन् ।

